७० प्रतिशत नयाँ भाइरस जनावरबाट फैलिएकोले वन्यजन्तुको मासुमा कडा प्रतिबन्ध लगाउनुपर्ने : डब्ल्युएचओ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७० प्रतिशत नयाँ भाइरस जनावरबाट फैलिएकोले वन्यजन्तुको मासुमा कडा प्रतिबन्ध लगाउनुपर्ने : डब्ल्युएचओ


६ बैशाख २०७७, शनिबार


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै फैलिएको दाबी गरेको छ । कोरोना भाइरसको प्रकोप पनि वन्यजन्तुको मासुबाट फैलिएकोले वन्यजन्तु तथा पंक्षीको मासु खरिद बिक्रीमा कडा प्रतिवन्ध लगाउन विश्वस्वास्थय संगठनले आग्रह गरेको छ ।

विश्वका सबै राष्ट्रहरुलाई वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाउनुपर्ने डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले बताएका हुन् । टेड्रोसले भनेका छन्, ‘जीवित जनावरको बिक्री हुने बजारलाई फेरि तबमात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ ।’

चीनको वुहानमा पनि जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री हुने बजारबाट नै कोरोना भाइरस फैलिन सुरु गरेको थियो । संक्रमण बढ्दै गएर मानिसहरुको ज्यान जान थालेपछि डब्ल्यूएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटलकाल घोषणा गर्न बाध्य हुनुपर्‍यो।

डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि नयाँ उपायको खोजी गरिरहेको बताएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएका छन् ।

अहिलेको अवस्थामा यो संख्या आँकलन गरिएको, तर यो संख्या केही परिवर्तन पनि हुनसक्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस