परीक्षण तीव्र बनाउन मुख्यमन्त्रीको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

परीक्षण तीव्र बनाउन मुख्यमन्त्रीको निर्देशन


प्रशासन संवाददाता

६ बैशाख २०७७, शनिबार


Shankar pokhrel

खस्यौली । मुख्यमन्त्री शङ्कर पोखरेलले भैरहवा, दाङ र नेपालगञ्जका प्रयोगशालामा कोरोना भाइरस परीक्षणको गति तीव्र बनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चार कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री, प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहितको प्रगति समीक्षा बैठकमा उनले भैरहवाको प्रयोगशालामा परीक्षणको गति बढाउन तथा दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिए।

“अब अझै कामको गति बढाऔंँ, तत्काल कामको नतिजा चाहिएको छ, धेरै मेहनत गरेर अहिलेसम्मको कामको नतिजा निकालौंँ, परीक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मेहनत काम लाग्छ”, उनले शुक्रबार भने । प्रदेश सरकारले रुपन्देहीका बुटवल र भैरहवा तथा बाँकेको खजुरा र दाङको बेलझुण्डीमा सघन उपचार कक्षसहितको कोरोना आइसोलेशन अस्पताल निर्माण गरेको छ । कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र बिरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिए ।

बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट, निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम, समस्या र गर्नुपर्ने कामबारे जानकारी गराएका थिए । भैरहवामा प्रयोगशाला परीक्षण शुरु गरिएको तथा नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस