निर्देशनका वाणीभन्दा सेवा गर्ने हात कयौँ गुणा महान् छन् « प्रशासन
prasaLogo
५ बैशाख २०७७, शुक्रबार

निर्देशनका वाणीभन्दा सेवा गर्ने हात कयौँ गुणा महान् छन्


प्रकाशित मिति : 17 April, 2020 8:18 pm

‘इच्छाकामनाले हेरेर बस्दैन, अब इच्छाकामनाबाट कोही पैदल यात्री हिँड्न पर्दैन हामी सहयोग गर्छौ’ भव्य महल र बिलासी कुर्सीबाट दिइएको निर्देशन होइन यो, न त सस्तो लोकप्रियताका लागि फेसबुकमा पोष्ट्याउन गरिएको प्रचार नै !

उपत्यकालगायत जिल्लाबाट हिँडेर घर जाँदै गरेका नागरिकहरूलाई गाडीमा घरसम्म पुर्‍याउन शुक्रवार(आज) बिहानैदेखि पृथ्वीराज मार्गमा खटिएकी चितवनको इच्छा कामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङको भनाई हो यो ।

लकडाउन बढ्दै जाँदा भोकको पीडा खेप्न नसकेपछि रातारात हिँडेर धादिङ र चितवनको सिमाक्षेत्र मोवाखोलामा रोकिई राखेका सयौँ नागरिकहरूलाई गन्तव्यमा पुग्न गाडी चढाएकी उनी यति बेला सामाजिक सञ्जाल र आम सञ्चारमाध्यममा भाइरल बनेकी छिन् । उनको यो कार्यको सर्वत्र प्रशंसा गरिएको छ ।

नहोस् पनि त किन कोही लौरी टेक्दै त कोही काखे बालक बोक्दै, कसैका तलुवा फाटेका जुत्ता त कसैका फित्ता चर्किएका चप्पलमै भोकै प्यासै जीवनको बाँजी लगाएर हिँडेका उनीहरूलाई जो एउटा जनप्रतिनिधिले चहर्‍याई रहेको घाउमा मह्लम पट्टि लगाउने काम गरिरहेकी छिन् ।

काठमाडौँ सामान पुर्‍याएर फर्किएका रित्ता ट्रक, मिनिट्रकलगायत सवारी साधानहरुलाई अनुरोध गर्दै चाउचाउ, बिस्कुट र पानी खुवाएर पठाइन् ।

सम्पन्नताको बाहुवलीमा रातारात गरिने निर्णय हुँदै गर्दा निर्धाका लागि महिनौँ पुग्न लाग्दा पनि नसोचिनु विडम्बना हो । सेवा गर्ने यी हातहरूलाई सलाम !

तस्विर सबै गीता गुरुङको फेसबुकबाट

 

प्रतिक्रिया दिनुहोस