डोटीमा शुक्रवार देखी ई पास सेवा लागु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डोटीमा शुक्रवार देखी ई पास सेवा लागु


५ बैशाख २०७७, शुक्रबार


डोटी । देशभर लकडाउन भइरहेको समयमा अत्यावश्यक कामको लागि आवज जावतमा सहजता होस भन्ने हेतुले नेपाल सरकारले लागु गर्न लागेको ई पास सेवा डोटीमा शुक्रवार देखि सुरु भएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै विश्वभर फैलिई रहेको कोरोना भाईसरको संक्रमण रोकथामका लागी लकडाउनको समयमा स्थानीय प्रशासनले सवारी पास वितरण गर्दै आएकोमा कार्यालयसम्म आई पास लिन कठिनाइ हुने भएकोले अत्यावश्यक रूपमा यात्रा गर्नु पर्ने व्यक्ति तथा सवारी चालकका लागी ई निवेदनका आधारमा पास वितरण गर्न सकिने डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ, शुक्रवार देखी लागु हुने गरी ई पास सेवा आरम्भ गरिएको छ । यसका लागी निवेदकको नाम ठेगाना र परिचय खुल्ने कागजाहरु, बिरामीको हकमा स्वास्थ्य संस्थाबाट जारी गरिएको रेफर वा डिस्चार्जको कागजात, काजक्रिया वा अत्यावश्यक कामको हकमा व्यक्ति रहेका स्थान र जानु पर्ने स्थानको स्थानीय तहको सिफारिस माग गरिएको छ ।

निवेदन https://epass.moha.gov.np वा १११२ मा एसएमएस मार्फत निवेदन गरी प्राप्त गर्न सकिने छ । प्रक्रिया नपुगी आउने निवेदन माथि कुनै कार्वाही नहुने र लकडाउनको पूर्ण रूपमा पालन गरी सहयोग गरिदिन समेत स्थानीय प्रशासनले आम नागरिकमा आग्रह समेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस