पाण्डे चीनका लागि नेपाली राजदूत नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाण्डे चीनका लागि नेपाली राजदूत नियुक्त


५ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । महेन्द्रबहादुर पाण्डे जनवादी गणतन्त्र चीनका लागि नेपालको राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा २८२ अनुसार पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरिएको जनाएको छ ।

तत्कालीन राजदूत पौड्याल फिर्ता भएसँगै चीन र नेपालबीच कूटनीतिक रिक्तता रहँदै आएको थियो ।

सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

त्यसपछि संसदीय सुनुवाइ समितिले राजदूतमा पाण्डेको नाम अनुमोदन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस