ढुवानी व्यवस्था मिलाउन गृह प्रशासनलाई उच्च स्तरीय समितिको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ढुवानी व्यवस्था मिलाउन गृह प्रशासनलाई उच्च स्तरीय समितिको निर्देशन


५ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अत्यावश्यकीय दैनिक उपभोग्य वस्तुसहित कृषि, उद्योग तथा विकास निर्माणका लागि आवश्यक कच्चा पदार्थको ढुवानी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यही वैशाख तीन गते बुधवार बसेको समितिको बैठकले कोरोना संक्रमण जोखिम तथा संक्रमण न्यूनीकरणका लागि सरकारले अपनाएका प्रावधानहरूको पूर्ण पालना हुने सुनिश्चितता गरी अत्यावश्यक दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने, कृषि व्यवसाय, उद्योग व्यवसाय र निर्माण व्यवसायका लागि आवश्यक पर्ने कच्चा पदार्थहरूको नियमित आपूर्ति गर्न, व्यवसाय सञ्चालन गर्न र उत्पादित वस्तुको बजारसम्मकोढुवानी गर्न सहज हुने गरी आवश्यक व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएको हो ।

साथै सर्त र मापदण्ड पालना नगर्ने कृषि व्यवसाय, विकास तथा निर्माण व्यवसाय र उद्योग व्यवसायहरूलाई कच्चा पदार्थको ढुवानी, व्यवसायको सञ्चालन र बजारीकरणमा कडा निगरानी गरी रोक लगाउन प्रहरी प्रशासनलाई भनेको छ ।

यो निर्णय कार्यान्वयनमा ल्याएसँगै जनजीवनमा केही सहजता आउनुका साथै विकास निर्माणको काम पनि अघि बढ्ने र बिचल्लीमा परेका मजदुरहरुलाईसमेत केही हदसम्म राहत हुने देखिन्छ । पछिल्लो समय खान बस्नै समस्या भएको भन्दै उपत्यकाबाट सयौँ किलोमिटर पैदल घर जान हिँडेका मजदुरहरूलाई सामाजिक दुरी कायम राखेर काममा लगाउने हो भने जनजीवन र विकास निर्माण सँगसँगै अघि बढ्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस