राज्य व्यवस्था समितिको बैठक तत्काल बोलाउन ‍माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राज्य व्यवस्था समितिको बैठक तत्काल बोलाउन ‍माग


५ बैशाख २०७७, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन आग्रह गरिएको छ । समितिकी सदस्य डा. डिला संग्रौलाले राज्य व्यवस्था समितिको भर्चुअल बैठक बोलाउन माग गरेकी हन् ।

उनले कोरोना भाइरस (कोभिड१९) सँग मुलुक लडिरहेको अवस्थामा सम्बन्धित सरकारी अधिकारीलाई आमन्त्रण गरी समिति बैठक बोलाउन राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलाई आग्रह गरेकी हुन् ।

डा. संग्रौलाले भौतिक रुपमा उपस्थित हुन सम्भव नभएको हुँदा प्रविधिको प्रयोग गरेर भर्चुअल बैठक गर्न उनले माग गरेकी हुन् ।

यस्तै, लकडाउनमा फसेकाहरुको तत्काल उद्दार गर्न प्रदेश र स्थानीय निकायसँग समन्वय गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन्। उनले लकडाउनकोबेला बाटोमा अलपत्र परेकाहरुको उद्दार गर्न पनि सरकारसँग माग गरिन्।

उनले देशभरका स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षा उपकरणबिनै खटिरहेकाले उचित सामग्रीको प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरेकी छन् । स्वास्थ्य सामाग्रीमा सरकारको विश्वसनीयतामाथि नै प्रश्न उठेकाले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन पनि समितिको बैठक आवश्यक रहेको उनको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस