मोरङकी एक युवतीमा कोरोना एन्टीबडी पोजेटिभ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोरङकी एक युवतीमा कोरोना एन्टीबडी पोजेटिभ


प्रशासन संवाददाता

५ बैशाख २०७७, शुक्रबार


विराटनगर । मोरङमा एक युवतीमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ । भारतबाट फर्किएको २४ दिनपछि बिहीबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा बुढीगंगा गाउँपालिका– १ कि २७ वर्षीय युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो ।

युवती बैंगलोरबाट १० चैतमा घर आएकी बुढीगंगा गाउँपालिका १ का वडाअध्यक्ष युवराज पौडेलले बताएका छन्
। उनी घर आएदेखि होम क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।

उनलाई कोशी अस्पताल विराटनगरको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनको नतिजा आज आउने जनाइएको छ । एकजनामा र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको जानकारी आफूलाई आएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

बुढीगंगा गाउँपालिकामा बिहीबार पुगेको परीक्षण टोलीले २७ वर्षीय युवतीसँगै आएकी अर्की युवतीको पनि परीक्षण गरेको थियो । तर उनमा र्‍यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी नेगेटिभ थिया ।

Tags :
प्रतिक्रिया दिनुहोस