जीटुजीबाट स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौताको टुंगो, अर्थद्वारा बजेट स्वीकृत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जीटुजीबाट स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौताको टुंगो, अर्थद्वारा बजेट स्वीकृत


४ बैशाख २०७७, बिहिबार


आचारसंहिता

काठमाडौँ । सरकारले कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न चीन र भारतबाट जीटुजी प्रक्रियामार्फत् स्वास्थ्य सामाग्री ल्याउनेबारे टुंगो लगाएको छ । यससँगै यसका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले स्वीकृत गरेको छ।

नेपाली सेनालाई जीटुजी प्रक्रिया अनुसार सामान किन्ने जिम्मा दिइएको छ।

सेनाले रक्षा मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भारतबाट ५३ थरी औषधी र चीनबाट ६७ किसिमका स्वास्थ्य उपकरण लगायतका सामग्रीको अन्तिम सूची तयार गरेको हो।

जीटुजी प्रक्रियाबाट सामान खरिद गर्ने निर्णय भएको दुई साता बित्दा पनि टुङ्गो नलाग्दा सामान ल्याउने प्रक्रिया ढिलो भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस