अनुमति बिना एक जिल्लाबाट अर्को जिल्ला जान रोक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अनुमति बिना एक जिल्लाबाट अर्को जिल्ला जान रोक


४ बैशाख २०७७, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ ।

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल(एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको हो।

मन्त्रालयका अनुशार लकडाउन अवधिभर सार्वसाधारणलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने गरी सुरक्षा व्यवस्था मिलाउन प्रशासन र सुरक्षा निकायलाई परिपत्र गरिएको छ ।

निर्देशन अवज्ञा गरेर हिँड्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने स्पष्ट पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस