डाक्टर कुटपिट काण्ड : महाराजगञ्जका डीएसपी लम्साल रानीपोखरी तानिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डाक्टर कुटपिट काण्ड : महाराजगञ्जका डीएसपी लम्साल रानीपोखरी तानिए


४ बैशाख २०७७, बिहिबार


काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो ।

रानीपोखरी स्रोतकाअनुशार लम्साललाई छानविनका लागि रानीपोखरी बोलाइएको बताए । बुधबार साँझ भएको घटनाबारे छानविनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन भएको थियो ।

सम्बन्धित समाचार : डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न माग

सम्बन्धित समाचार : डाक्टर कुटेको घटना अनुसन्धान गर्न छानविन समिति गठन

समितिको प्रतिवेदनका आधारमा चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुने भनिएको थियो । तर, समितिले अनुसन्धान थाल्नु अगावै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस