अफगानस्थानस्थित राष्ट्रसंघीय कार्यालयका नेपालीलाई स्वदेश आउन अनुमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अफगानस्थानस्थित राष्ट्रसंघीय कार्यालयका नेपालीलाई स्वदेश आउन अनुमति


४ बैशाख २०७७, बिहिबार


काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्किन अनुमति दिइएको छ ।

बुधवार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले युएनको आग्रह गरेबमोजिम अफगानिस्तानमा कार्यरत रहेका नेपाली नागरिक फिर्ता ल्याउने निर्णय गरिएको समितिका सदस्य सचिव एवम् प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । अफगानिस्तानमा कार्यरत यूएनमिसनअन्तर्गतका १८ जना नेपालीले स्वदेश फर्किनका लागि युएनसँग आग्रह गरेका थिए ।

उनीहरुको आग्रहअनुसार यूएनले नेपाल सरकारलाई अनुमति मागेको थियो ।

राष्ट्रसंघमा कार्यरत उनीहरू सुरक्षित स्थानमा रहेको र परीक्षणसहित आउने हुनाले घरैसम्म लैजाने जिम्मेवारीसमेत राष्ट्रसंघ कै रहेकाले सरकारलाई कुनै समस्या नहरेको र यसको उचित व्यवस्थापन हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस