दुई करोड बिगोसहित नासुबिरुद्ध मुद्दा दायर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुई करोड बिगोसहित नासुबिरुद्ध मुद्दा दायर


३ बैशाख २०७७, बुधबार


अख्तियार

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँका एक्सरे टेक्निसियन(नासु) राजकुमार ढकाल विरुद्ध दुई करोड अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध दुई करोड दुई हजार ८८६ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ढकालले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा परीक्षण अवधिमा कुल आय भन्दा व्यय बढी भएको देखिएको अख्तियारले जनाएको छ। उनी विरुद्ध दुई वर्ष कैद तथा आर्जन गरेको सम्पत्ति जफतको माग दाबी गरिएको छ।

ढकालको नाममा रहेको विभिन्न खाताबाट अस्वाभाविक रूपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको हुनाले उनको सम्पत्तिको वैद्य स्रोत खुल्न नसकेको देखिएको छ।

उनले गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती निरजरा घिमिरे र राममणि लामिछानेको नाममा चल–अचल सम्पत्ति लुकाई राखेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

ढकालले आफ्नो श्रीमतीको नाममासमेत घर जग्गा खरिद, बैङ्क खातामा रकम मौज्दात राखेको र लगानी तथा खर्च गरेको पाइएको आरोप पत्रमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस