डोटीमा कैदी बन्दीद्वारा कोरोना कोषमा सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटीमा कैदी बन्दीद्वारा कोरोना कोषमा सहयोग


३ बैशाख २०७७, बुधबार


डोटी । जिल्ला कारागार डोटीका कैदीबन्दीहरुले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राहत सहयोग रकम प्रदान गरेका छन् ।

जिल्ला कारागार डोटीमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ४९ जना कैदीहरूले आफूले पाएको सेवा सुविधाबाट एक दिन बराबरको र केही कैदिबन्दीहरुले ब्यक्तिगतरुपमा गरी १० हजार ९५ रुपियाँ सरकारको कोरोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोषको खातामा रकम जम्मा गरेका हुन् ।

डोटी जिल्ला कारागारमा रहेका ४९ जना कैदीहरूले एक दिन पाउने सुविधा ६० रुपियाँका दरले २ हजार ९ सय ४० रुपैयाँ यसमा कैदीहरूको थप स्वैच्छिक ५ हजार ५ सय गरी जम्मा १० हजार ९५ रुपैयाँ सहयोग गरेका हुन् । सो रकम कोरोना भाइरस कोभिड–१९ को प्रभावमा परेका विपन्न परिवारलाई दैनिक छाक टार्न सहयोग हुने उद्देश्यले आफूहरूले सहयोग गरेको जिल्ला कारागार डोटीका प्रमुख चौकीदार दीपेन्द्र जेठाराले बताए ।

कैदीहरूले सहयोग गरेको रकम बुझ्दै डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले संसारमा कोरोना भाइरस सँक्रमणको महामारी भइरहेको अवस्थामा कैदीबन्दीहरुले प्रदान गरेको रकमले विश्वव्यापी रूपमा फैलिरहेको महामारीलाई नियन्त्रणमा सरकारलाई सहयोग पुग्ने बताए । कैदी बन्दीहरूबाट प्राप्त राहत सहयोग रकम आजै कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गरिएको उनको भनाई छ ।

२५ जना कैदीको लागि क्षमता भएको जिल्ला कारागार डोटीमा ४६ जना पुरुष र ३ जना महिला गरी ४९ जना कैदीबन्दीहरु रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस