५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई


३ बैशाख २०७७, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनिया कम्पनी चाइना प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई दिएको छ ।

नेपाल राष्ट बैंकले नोट छाप्न बोलपत्र आह्वान गरेकोमा त्यसको टेण्डर चिनियाँ कम्पनीले हात पारेको हो ।

कम्पनीले १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्नेछ । मुद्रा व्यवस्थापन विभागले १० रुपैयाँदरको नोट ४१ लाख ४० हजार ४ सय डलरमा खरिद सम्झौता गरेको हो ।

५ रुपैयाँ दरको नोट ४३ लाख ९७ हजार ५ सय डलरमा खरिद सम्झौता भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस