डब्ल्यूएचओलाई सहयोग गर्न संयुक्त राष्ट्र संघको आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डब्ल्यूएचओलाई सहयोग गर्न संयुक्त राष्ट्र संघको आग्रह


३ बैशाख २०७७, बुधबार


काठमाडौँ । संयुक्त राष्ट्र संघ(यूएन)का महासचिव एन्टोनियो गुथ्रेसले विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) लाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै गुथ्रेसले सहयोग गर्न भनेका हुन् ।

मंगलबार गुथ्रेसका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिमा उनले कोरोना भाइरस(कोभिड-१९) को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन् । विश्व अहिले महामारीमा रहेको अवस्थामा डब्लुएचओ वा अन्य कुनै मानवीय संस्थाको स्रोत साधन कटौती गर्ने समय नरहेको उनको भनाइ छ ।

कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने कुरा बुझ्न केही समय लाग्ने भन्दै गुथ्रेसले डब्ल्यूएचओको बचाउ गरे । उनले यस किसिमको शिक्षा भविष्यमा उत्पन्न हुन सक्ने यस्ता महामारीमा पनि काम लाग्ने उनको भनाइ थियो ।

गुथ्रेसले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको औंल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस