सवारी पास बन्द, परिवारको सदस्यको मृत्युमा जाने व्यक्तिलाई मात्र दिइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सवारी पास बन्द, परिवारको सदस्यको मृत्युमा जाने व्यक्तिलाई मात्र दिइने


३ बैशाख २०७७, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास बन्द गरेको छ ।

सवारी पासको माग अत्यधिक बढ्नुका साथै भिडभाड हुन गई लकडाउनसमेत उल्लङ्घन हुने अवस्थामा सिर्जना भएको भन्दै आजदेखि अन्य व्यक्तिलाई सवारी पास जारी नगर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

‘यस कार्यालयबाट वितरण हुँदै आएको सवारी पासको माग अत्यधिक बढ्नुका साथे भिडभाड हुन गई लकडाउन समेत उल्लङ्घन हुने अवस्था सिर्जना भएकोले आज मिति २०७७ वैशाख ३ गतेदेखि आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूलाई बाहेक अन्य प्रयोजन कोलागि सवारी पास जारी नहुने ब्यहोरा जानकारी गराइन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असुविधा प्रति कार्यालय क्षमाप्रार्थी छ ।’

अत्यावश्यकीय बस्तुहरुको ढुवानीको हकमा यो नियम लागू हुने छैन भने यसअघि पहेलो पास लिईसकेका व्यक्तिले पनि सोही पासको आधारमा हिँडडुल गर्न पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस