‘अर्थमन्त्री कुनै पनि पारिवारिक जमघटमा जानुभएको छैन’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘अर्थमन्त्री कुनै पनि पारिवारिक जमघटमा जानुभएको छैन’


प्रशासन संवाददाता

३ बैशाख २०७७, बुधबार


काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा कुनै पनि पारिवारिक जमघटमा नगएको उनको सचिवालयले जानकारी दिएको छ । मन्त्री खतिवडा आफैंमा मुटुको बिरामी भएको हुदाँ कुनै पनि भेटघाट लगायतका कार्यमा सहभागि नभएको बताइएको छ ।

मन्त्री खतिवडा अहिले आफ्नो स्वास्थ्यप्रति निकै सजग भएको सचिवालय स्रोतले जनाएको छ ।’पछिल्लो समयमा उनले कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलाहरुमा समेत सहभागी हुनु भएको छैन । उहाँ निवास, सिंहदरबार र बालुवाटार मात्र काममा व्यस्त हुनु भएको छ’,सचिवालयले भनेको छ ।

कोराना संक्रमितहरु फेला परेको सन सिटी अपार्टमेन्टमा अर्थमन्त्रीका छोरा, बुहारी र नातिनी बस्ने गरेका थिए । उनको सचिवालयले छोरा तिलक खतिवडालाई भेट्न सनसिटी अपार्टमेन्ट नपुगेको जानकारी दिएको हो ।

गत चैत्र ८ गते सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि भएको निर्वाचनपछि बधाइ दिन मन्त्री त्यहाँ नगएको सचिवालयको दाबी छ ।

‘निर्वाचित समितिलाई बधाई दिन जानु भएको विषयमा कुनै सत्यता छैन’, प्रेस संयोजक यमप्रसाद पौडेलले भने ।

सनसिटी अपार्टमेन्टमा तीन जनामा कोरोनाको संक्रमण देखिएकोमा दुई जनालाई संक्रमण पुष्टि भएको थियो । खतिवडा पुत्र तिलक खतिवडा सनसिटीका आन्तरिक व्यवस्थापन समितिको सचिवमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस