वायुसेवा निगमको अध्यक्षमा पूर्वसचिव सुशील घिमिरे नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वायुसेवा निगमको अध्यक्षमा पूर्वसचिव सुशील घिमिरे नियुक्त


३ बैशाख २०७७, बुधबार


काठमाडौँ । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरे नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई आगामी चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।

पर्यटन मन्त्रालयको प्रस्तावमा उनी अध्यक्ष नियुक्त भएका हुन्। निगमका तत्कालीन महाप्रवन्धक मदन खरेलले राजीनामा दिएपछि खाली रहेको कार्यकारी पदमा घिमिरे नियुक्त भएका हुन् । मदन खरेलले माघ २०७६ मा राजीनामा दिएपछि निगमको कार्यकारी पद खाली थियो।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो । त्यस्तै लेखा प्रणाली र वित्तीय पुनर्संरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तव्य विस्तारलगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो ।

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गरेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस