अमेरिकाद्वारा डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्का « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकाद्वारा डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्का


३ बैशाख २०७७, बुधबार


काठमाडौँ । अमेरिकाले विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको भन्दै उसलाई दिँदै आएको सहयोग रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका हुन् ।

यसअघि डब्ल्यूएचओले चीनप्रति आग्रह राखेको आरोप लगाएका ट्रम्पले चीनमा कोरोनाभाइरस देखिएपछि त्यसको सङ्क्रमणसम्बन्धी विषयलाई सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको पनि बताएका छन् ।

अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्न लिएका नीतिलाई लिएर आलोचना खेपिइरहेका ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’

उनले डब्लुएचओ आफ्नो न्यूनतम दायित्व पूरा गर्नविफल भएको भएको र उसलाई जवाफदेही बनाउनै पर्ने बताएका छन् ।

अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्दै आएको छ । गत वर्ष ४० करोड डलर उपलब्ध गराएको अमेरिकाको यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशत रहेको छ ।

डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस