दुई सहसचिव सचिवमा बढुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई सहसचिव सचिवमा बढुवा


२ बैशाख २०७७, मंगलबार


सचिव

काठमाडौँ। सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रशासन सेवातर्फबाट सचिवमा बढुवा भएका पोखरेललाई प्रदेश नम्बर २ को प्रमुख सचिवमा पदस्थापना गरिएको छ भने इन्जिनियरिङ सेवातर्फका राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको छ । नेपाल ट्रस्टका सचिव रामकृष्ण सापकोटालाई अन्यत्र सरुवा गरिएको छ ।

प्रदेश नं. २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदूर पश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस