कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा


२ बैशाख २०७७, मंगलबार


अख्तियार

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा भैरहवाको सिद्धार्थनगर नगरपालिकाका एक जना कम्प्युटर अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका कम्प्युटर अधिकृत प्रभात ज्ञवालीविरुद्ध मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ज्ञवालीले बढुवाका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाण(पत्र नक्कली रहेको उजुरी परेपछि आयोगले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा भारतको माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसीबाट उनले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको कोइरालाले बताए । दुई पटकसम्मको बढुवामा ज्ञवालीले सोही नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको पाइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस