खानेपानीमन्त्री मगरद्वारा १०० क्विन्टल चामल सहयोग - प्रशासन प्रशासन
prasaLogo
२ बैशाख २०७७, मंगलवार

खानेपानीमन्त्री मगरद्वारा १०० क्विन्टल चामल सहयोग


प्रकाशित मिति : 14 April, 2020 11:04 am

कञ्चनपुर । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले चार स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराएकी छन्। मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल उपलब्ध गराएकी हुन् ।

मन्त्री मगरले सचिवालयका प्रतिनिधि दीपक तिमिल्सिना, सुन्दर चौधरी, प्रकाश मोक्तानमार्फत स्थानीय तहमा चामल उपलब्ध गारएकी हुन् । दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि राहतस्वरूप मन्त्री मगरले चामल उपलब्ध गराउनुभएको मन्त्री मगरका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए । उनका अनुसार मन्त्री मगरले व्यक्तिगतरूपमा चामल सहयोग गरेकी हुन् ।

“कोरोना भाइरसका कारण देश लकडाउन गरिएपछि गरीखाने वर्ग निकै अप्ठ्यारोमा परेको जानकारी पाएपछि मन्त्री मगरले चामल उपलब्ध गराउनुभएको हो”, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस