थ्रेसरको पट्टामा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थ्रेसरको पट्टामा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको निधन


२ बैशाख २०७७, मंगलबार


भीमदत्तनगर । फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थ्रेसिङ गर्ने क्रममा गए राति निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका चन्दको ट्र्याक्टरले गहुँ थ्रेसिङ गर्ने क्रममा पट्टामा बेरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए।

मतृक चन्दको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्‍याइएको छ । भने चालक र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस