भारतमा ३ सय ५८ को मृत्यु, १० हजार संक्रमित, लकडाउनको आज अन्तिम दिन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतमा ३ सय ५८ को मृत्यु, १० हजार संक्रमित, लकडाउनको आज अन्तिम दिन


२ बैशाख २०७७, मंगलबार


काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९)बाट मृत्यु हुनेको संख्या ३ सय ५८ पुगेको छ । १० हजार ४ सय ५३ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार १ सय ८१ जना निको भएर घर फर्किसकेका छन् ।

दिल्ली र महाराष्ट्रमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । दिल्लीमा आजसम्म सबैभन्दा धेरै सोमबार ३५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । अब दिल्लीमा मात्रै संक्रमितको संख्या एक हजार ५१० पुगेको छ । दिल्लीमा मात्रै कोरोनाले २८ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमामा एक हजार भन्दा धेरै कोरोना संक्रमित छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रका नाममा संबोधन गर्ने भएका छन् । अहिले विहान १० बजे मोदीले संबोधन गर्ने कार्यतालिका रहेको बीबीसी हिन्दीले जनाएको छ ।

भारतमा आज लकडाउनको अन्तिम अर्थात २१ औं दिन हो ।

मोदीले आजको संबोधनमा लकडाउनको समय थप गर्ने अपेक्षा गरिएको छ । संक्रमणको दर उच्चरुपमा फैलिरहेका कारण भारतमा अझै लकडाउन थपिने करिब निश्चित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस