११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन एकसाता थप्ने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन एकसाता थप्ने तयारी


२ बैशाख २०७७, मंगलबार


काठमाडौँ। मन्त्रिपरिषद्को बैठक ११ बजे बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकले एकसाता बन्दाबन्दी(लकडाउन) लम्ब्याउने तयारी गरेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।

सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ ।

मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ ।

चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको सरकारले आठदिन थपेर चैत २५ गतेसम्म पुर्‍याएको थियो ।

उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती-बालीको काम गर्न दिने तथा राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको भएपनि सुदूरपश्चिम प्रदेशमा एकसाथ तीनजनामा सङ्क्रमण देखिएसँगै कोरोना नयाँ चरणमा प्रवेश गरेको भन्दै चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठदिन लम्ब्याएर बैसाख ३ सम्म पुर्‍याएको थियो ।

यसैबीच हिजो मात्रै काठमाडौको सनसिटी अपार्टमेन्टमा पनि थप तीनजनामा कोरोना आशंका गरिएको छ । एकाघरका तीनजना सदस्यको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस