कोभिड-१९ स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ : डब्लुएचओ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोभिड-१९ स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ : डब्लुएचओ


२ बैशाख २०७७, मंगलबार


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ सन् २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको बताएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताएका हुन् ।

उनले भने, ‘हामीलाई थाहा छ कोभिड-१९ तीव्र रुपमा फैलिरहेको छ, यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’

गेब्रियससले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएका छन् । उनले यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् ।

कोरोना संक्रमण पूर्णरुपमा रोक्न भ्याक्सिन आावश्यक रहेको डब्लुएचओको ठहर छ ।

चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा सन् २०१९ को डिसेम्बर अन्तिम सातामा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ ।

कोरोनाबाट झण्डै साढे १९ लाख मानिस संक्रमित छन् भने १ लाख बढीको ज्यान गइसकेको छ । तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस