भीआईपी सुरक्षा कटौती गरेर सीमामा प्रहरी थप्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भीआईपी सुरक्षा कटौती गरेर सीमामा प्रहरी थप्न गृहमन्त्रीको निर्देशन


१ बैशाख २०७७, सोमबार


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सीमानामा पठाउन निर्देशन दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएकाहरुलाई फिर्ता बोलाएर सीमामा पठाउन निर्देशन दिएका हुन् ।

गृह मन्त्रालय स्रोतका नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालका आइजीपीहरुलाई बोलाएर गृहमन्त्री थापाले अनावश्यक रुपमा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् ।

गृहमन्त्रीको निर्देशनसँगै सशस्त्र प्रहरी बल नेपालले विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन थालेको छ भने नेपाल प्रहरीले आवश्यक गृहकार्य शुरु गरेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गृहमन्त्री थापाले सीमा क्षेत्रमा विशेष सतर्कता बढाउन मातहतका सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस