अति आवश्यक सवारी साधन सञ्चालनका लागि भोलीदेखि इ-पासको व्यवस्था « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अति आवश्यक सवारी साधन सञ्चालनका लागि भोलीदेखि इ-पासको व्यवस्था


१ बैशाख २०७७, सोमबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ-पासको व्यवस्था गरिने भएको छ ।

गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो । इ–पास लिनका लागि epass.moha.gov.np मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ-पास वितरण गर्नेछ ।

सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट शुरु गरेको जानकारी दिए। यो प्रणाली मङ्गलबारदेखि शुरु हुनेछ ।

मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ-पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस