कोरोना आशंकामा एक पुरूष आइसोलेसनमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना आशंकामा एक पुरूष आइसोलेसनमा


१ बैशाख २०७७, सोमबार


बुटवल । कोरोना भाइरसको आशंकामा भैरहवाको भीम अस्पतालमा एक पुरूषलाई भर्ना गरिएको छ ।

मायादेवी गाउँपालिका १ का ५८ वर्षका एक पुरुषलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा कक्षमा राखिएको हो ।

करिब १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लागेपछि आइसोलेसनमा कक्षमा राखिएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

सोमबार बिहान स्वास्थ्य परीक्षण गराउन अस्पताल आएका उनलाई ज्वरो जाँच क्लिनिकमा परीक्षण गरेपश्चात कोरोना भाइरस(कोभिड–१९) को मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको उपाध्यायले बताए ।

‘कोरोना संक्रमित भएको हो, होइन त्यो पुष्टि गर्नका लागि ती व्यक्तिको स्वाब मंगलबार भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा कोरोना भाइरस परीक्षण प्रयोगशालामा पठाइनेछ, उनले भने ।’

Tags :
प्रतिक्रिया दिनुहोस