नयाँ वर्षले कोरोनाविरुद्ध अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न प्रेरणा दिने : उपराष्ट्रपति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नयाँ वर्षले कोरोनाविरुद्ध अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न प्रेरणा दिने : उपराष्ट्रपति


१ बैशाख २०७७, सोमबार


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले नयाँ वर्ष २०७७ ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा फर्कने विश्वाससमेत व्यक्त गरेका छन् ।

कोभिड–१९ विरुद्धको संघर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भन्दै उनले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याएका छन् ।

जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने हाम्रो विगत भएको स्मरण गर्दै उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गरेका छन् ।

विषम परिस्थितिका बीच नयाँ वर्ष २०७७ सबै नेपालीका लागि सम्झनायोग्य हुने उपराष्ट्रपति पुनले विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस