सुदूरपश्चिम प्रदेशलाई भाटभटेनीको २५ लाख सहयोग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुदूरपश्चिम प्रदेशलाई भाटभटेनीको २५ लाख सहयोग


१ बैशाख २०७७, सोमबार


काठमाडौँ । भाटभटेनी सुपर स्टोर प्रालिले कोभिड–१९ को परीक्षण तथा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई रु २५ लाख सहयोग गरेको छ ।

भाटभटेनीले उक्त रकम सङ्घीय सरकारबाट सो प्रदेशको समन्वयका लागि जिम्मेवारी पाएकी खानेपानी तथा सरसफाइमन्त्री बिना मगर मार्फत सहयोग गरेको हो ।

मन्त्री मगरलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आइतबार २५ लाखको चेक हस्तान्तरण गरेका थिए । मन्त्री मगरले विषम परिस्थितिमा गरेको सहयोगका लागि प्रालिलाई धन्यवाद दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस