नयाँ वर्ष शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नयाँ वर्ष शुरु


१ बैशाख २०७७, सोमबार


काठमाडौँ । आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् ।

सरकारी कामकाजमा वि.सं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवतको आरम्भ हुन्छ । यसका आरम्भकर्ता विक्रामादित्य हुन् ।

यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेको ज्योतिष पं. दीपक सुवेदी बताउँछन् । उनले आफ्नो पहिचान बोकेको संवतलाई महत्व दिइनु नेपालका लागि गौरवको विषय भएको बताए। ज्यो सुवेदीले भने, “गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ । सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ । त्यसकारण यो संवत कुनै अन्योल पालिरहनु पर्दैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस