कोरोना नरोकिएसम्म तलब कोरोना कोषमा जम्मा गर्ने प्रधानमन्त्रीको घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना नरोकिएसम्म तलब कोरोना कोषमा जम्मा गर्ने प्रधानमन्त्रीको घोषणा


१ बैशाख २०७७, सोमबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुक मुक्त नहुँदासम्म तलब नलिने घोषणा गरेका छन् ।

नयाँ वर्षका अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड-१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको बताएका छन् ।

“आवश्यक पर्दा ‘हुनेको गाँस काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड-१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,” उनले सन्देशमा भनेका छन् ।

उच्च ओहोदामा रहेका र जनप्रतिनिधिले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिनुभएको बताउँदै प्रधानमन्त्री ओलीले ती सबै सुझावमा प्रधानमन्त्रीको ध्यान गएको बाएका छन् ।

“मैले पटक पटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस सङ्कटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको सङ्कट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरि रहनुपर्छ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ,” प्रधानमन्त्रीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस