नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौँ -प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौँ -प्रधानमन्त्री ओली


१ बैशाख २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्नुपरेको बताएका छन् ।

पुरानो वर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘पुरानो वर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।’

यद्यपि प्रधानमन्त्री ओलीले सबै नेपालीहरूमा नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस