लेख लेख्नुहोस्, दुई लाख जित्नुहोस् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लेख लेख्नुहोस्, दुई लाख जित्नुहोस्


३० चैत्र २०७६, आइतबार


काठमाडौँ । नेपाली सेनाले ‘खुला सामरिक लेख रचना प्रतियोगित२०७७’को सूचना सार्वजनिक गरेको छ। आइतबार सेनाले सामरिक विषयमा खोज अनुसन्धान र अध्ययनको दायरा फराकिलो पर्ने उद्देश्य अनुरुप लेख रचना प्रतियोगितामा सहभागी हुन सूचना प्रकाशित गरेको हो।

लेखरचना राजनीतिक हुनुनपर्ने, ३५ सयदेखि पाँच हजार शब्दसम्मको हुनुपर्ने, अंग्रेजी वा नेपाली भाषामा मात्र लेख्नुपर्ने, मौलिकतामा जोड दिनुपर्ने उल्लेख गरेको छ। लेखरचना राष्ट्रियता र राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र विकास, सैनिक नागरिक सम्बन्ध, नेपालको सामरिक महत्व, बदलिदो सुरक्षाका आयाम, सैनिक कूटनीति, खेलकुद तथा प्रविधिसँग सम्बन्धित हुनुपर्ने सेनाको सूचनामा उल्लेख छ।

इच्छुक लेखकले २०७७ साल साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन्। भदौ १५ गतेसम्ममा शीर्षक तय गरेर लेख लेख्न लगाइने छ। २०७७ माघ १ गतेसम्म लेख बुझाउनु पर्नेछ।

सेना दिवस, २०७७ को अवसरमा पुरस्कार वितरण हुनेछ। प्रथम हुने लेखकले दुई लाख पुरस्कार पाउने छ भने दोस्रोले एक लाख ५० हजार प्राप्त गर्नेछन्। तृतीयले एक लाख पुरस्कार पाउनेछन् भने सान्वता हुनेले १० हजार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस