वीरगन्जमा कोरोना पोजेटिभ देखिएका तीनको कन्ट्याक ट्रेसिङ हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वीरगन्जमा कोरोना पोजेटिभ देखिएका तीनको कन्ट्याक ट्रेसिङ हुँदै


३० चैत्र २०७६, आइतबार


काठमाडौँ । पर्साको वीरगन्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टिभएसँगै उनीहरूको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ ।

पर्साको वीरगन्ज महानगरपालिका, वडा नं. २ छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा तीन जना वर्ष ३७, ४४ र ५५ वर्षीय का पुरुषहरूमा कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको हो ।

नारायणी अस्पताल, वीरगन्जमा आईसोलेशनमा राखी थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौडाको ल्याबमा परीक्षण गरिएकोमा परीक्षणमा २१ जना मध्ये शङ्कास्पद तीन जनाको पोजेटिभ देखिएपछि पुन यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुन परीक्षण गरिएकोमा त्याहाँबाटसमेत पोजेटिभ देखिएपछि उनीहरूको संसर्ग र गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरू भइरहेको मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

यससँगै नेपालमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस