राजदुत पाण्डेलाई चीनको कूटनीतिक सहमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजदुत पाण्डेलाई चीनको कूटनीतिक सहमति


३० चैत्र २०७६, आइतबार


काठमाडौँ । सरकारद्वारा चीनको राजदूतका लागि सिफारिस गरिएका महेन्द्रबहादुर पाण्डेले एग्रिमो(कूटनीतिक सहमति) पाएका छन् ।

गत मार्च २४ तारिख नेपालले पाण्डेको एग्रिमोका लागि बेइजिङस्थित दूतावासमार्फत् चिनियाँ परराष्ट्र मन्त्रालयलाई अनुरोध गरी पठाएको थियो । चीनले गत ९ तारिख बिहीबार स्वीकृति दिएको हो।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका पाण्डेले संसदीय सुनुवाइ प्रक्रिया पनि पार गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस