कुवेतमा थप ५ नेपालीमा कोरोना संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कुवेतमा थप ५ नेपालीमा कोरोना संक्रमण


प्रशासन संवाददाता

३० चैत्र २०७६, आइतबार


काठमाडौं। कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। यस अघि ४ जनामा नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।

अब कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ ।

कुवेतको स्वाथ्य मन्त्रालयले शुक्रबार थप पाँच जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको जनाएको छ ।

कुवेतमा अहिलेसम्म कोरोनाबाट १ हजार १५४ जना संक्रमित भएका छन् यसमध्ये एक जनाको मृत्यु भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस