वीरगन्जका मस्जिदमा लुकेर बसेका २६ जना नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीरगन्जका मस्जिदमा लुकेर बसेका २६ जना नियन्त्रणमा


३० चैत्र २०७६, आइतबार


वीरगन्ज । वीरगन्ज मस्जिदमा लुकेर बसेका भारतीयसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार साँझ भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती, वीरगन्जका ३ जना मौलाना (मुस्लिम धर्म गुरु) र भारतबाट पाहुना आइ बसेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुलाई वीरगन्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइएकी छन् ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वीर्ताको प्रहरी टोलीले छपकैयाको मस्जिदबाट ११ र घुसुकपुरको मस्जिदबाट १५ गरी २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीको स्कटिङमा क्वारेन्टाइनमा पुर्‍याएको थियो।

यसअघि गत शुक्रबार साँझ छपकैयाकै मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमणको भएको आशंका गरिएको छ।

अस्पतालको आइसोलेसनमा शुक्रबारदेखि राखिएका ३ जना भारतीय मुस्लिम जमाती, कोरोना संक्रमित भएको आशंका भएपछि प्रहरीले उनीहरु बस्दै आएको मस्जिदमा शनिबार साँझ पुगेर थप २६ जनालाई नियन्त्रणमा लिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस