खटाइएका कर्मचारीलाई १० लाखको बीमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

खटाइएका कर्मचारीलाई १० लाखको बीमा


३० चैत्र २०७६, आइतबार


बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा परिवारको नजिकको सदस्यले पाउने गरी रु १० लाखको बीमा गर्ने निर्णय गरेको छ । आश्रित परिवारका सदस्यलाई सजिलो होस् भनेर यस्तो निर्णय भएको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताए ।

कार्यपालिका बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागिरु ५० लाखको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । सो कोषमा गाउँपालिका अन्तर्गतका कर्मचारीहरुको १० दिनको तलब कट्टा गरी जम्मा गर्ने, लकडाउन अवधिभर जनप्रतिनिधिले पाउने सेवा सुविधा सबै सो कोषमा राख्ने निर्णय समेत भएको प्रवक्ता रानाले जानकारी दिए ।

यसैगरी स्वास्थ्यकर्मीहरुलाई शतप्रतिशत थप भत्ता दिने, सहयोगी भूमिकामा रहेर काम गर्ने कर्मचारीहरुलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय पनि भएको छ ।

पुर्चौंडी नगरपालिकाले लकडाउनका कारण छाक टार्न मुस्किल भएका परिवारलाई राहत वितरण कार्य शुरु गरेको छ । प्रति परिवार रु दुई हजारको राहत वितरण गर्ने कार्य प्रत्येक वडामा सञ्चालन भएको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस