बेलायतमा कोरोनाका कारण पूर्व गोरखा सैनिकको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बेलायतमा कोरोनाका कारण पूर्व गोरखा सैनिकको निधन


३० चैत्र २०७६, आइतबार


लण्डन । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।

स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए ।

चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस