कोरोना भाइरस अमेरिका : २० हजारको बढीको मृत्यु, ५ लाख ३२ हजार बढी संक्रमित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस अमेरिका : २० हजारको बढीको मृत्यु, ५ लाख ३२ हजार बढी संक्रमित


३० चैत्र २०७६, आइतबार


काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु हुने मानिसको संख्या २० हजार ५ सय पुगेको छ । संक्रमितको संख्या ५ लाख ३२ हजार ८ सय ७९ पुगेको छ ।

आइतबार बिहानसम्म जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण २० हजार पाँच सय ७७ जना मानिसको मृत्यु भइसकेको छ । अमेरिकाको न्युयोर्क राज्यमा मात्र आठ हजार छ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा अहिलेसम्म ३० हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

न्युयोर्कमा मात्रै संक्रमितको संख्या एक लाख ८१ हजार नाघेको छ ।

अमेरिकाले अहिलेसम्मकै कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा इटालीलाई पछि पारेको छ ।

इटालीमा अहिलेसम्म यो भाइरसको कारण १९ हजार चार सय ६८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर १७ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने एक लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस