प्रतिबन्ध खुकुलो पार्ने निर्णयमा हतार नगर्न विश्व स्वास्थ्य संगठनको चेताबनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिबन्ध खुकुलो पार्ने निर्णयमा हतार नगर्न विश्व स्वास्थ्य संगठनको चेताबनी


३० चैत्र २०७६, आइतबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन कोरोना भाइरस महामारीको बीच प्रतिबन्ध(लकडाउन)खुकुलो पार्न शिघ्रता नगर्न चेताबनी दिएको छ । स्वास्थ्य संगठले हतारमा प्रतिबन्ध खुकुलो पार्ने निर्णयले कोरोना भाइरस संक्रमण पुर्नरुत्थान भई घातक हुनसक्ने चेताबनी दिएको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस अदनोम गेब्रेससले केही राष्ट्रले घरमै बस्न जारी गरेको निर्देशन खुकुलो पार्न छलफल चलाएकोबारे ध्यानाकर्षण भएको बताए । उनले स्वास्थ्य संगठनले पनि छिटोभन्दा छिटो प्रतिबन्ध हटाउने पक्षमा रहेपनि कोरोनाभाइरस संक्रमणको पुनरुत्थान हुने शर्तमा त्यस्तो निर्णय नलिन आग्रह गरे ।

विश्व स्वास्थ्य संगठनले महामारीका बीच विश्वमा मासिक दश करोड चिकित्सकीय मास्क र दुई करोड पचास लाख एन ९५ मास्क र चिकित्सकीय पहिरन तथा अनुहार ढाक्ने ढालको आवश्यकता रहेको जनाएको छ । त्यसैगरी २५ लाख परीक्षण किटको आवश्यकता हुने संगठनले जनाएको छ । उक्त लक्ष्य पुरा गर्न विश्व खाद्द कार्यक्रमले आठवटा ७४७ विमान नियमित परिचालन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस