मुटुमा समस्या आएपछि प्रधानमन्त्रीका सल्लाहकार भट्टराई अस्पताल भर्ना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुटुमा समस्या आएपछि प्रधानमन्त्रीका सल्लाहकार भट्टराई अस्पताल भर्ना


२९ चैत्र २०७६, शनिबार


काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा नेता डा.राजन भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराईको मुटुमा अचानक समस्या आएपछि महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार राति नै स्वास्थ्यमा समस्या आएर उनलाई अस्पताल लगिएको थियो । मुटुको भल्भमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य भइसकेको छ ।

अस्पतालले उनको दायाँ तर्फको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको र अहिले अवस्था सामान्य रहेको बतएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस