कैदीबन्दीबाट कोषमा ७५ हजार ८४० प्रदान « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

कैदीबन्दीबाट कोषमा ७५ हजार ८४० प्रदान


प्रशासन संवाददाता

२९ चैत्र २०७६, शनिबार


वीरगञ्ज । वीरगञ्ज कारागारका कैदीबन्दीले एक दिनको खर्चबापतको रु ७५ हजार ८४० कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गरेका छन् ।

विश्वव्यापीरुपमा मानव अस्तित्व र सभ्यतामाथि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा वीरगञ्ज कारागारका ९५ महिलासहित एक हजार २६४ कैदीबन्दीले एक दिनको खर्चबापतको रु ७५ हजार ८४० सो कोषमा प्रदान गरेको हो । कारागारभित्र शुक्रबार आयोजित एक कार्यक्रमबीच सो रकम कारागारका पुस्तकालय नाइके कुनाल अग्रवालले जेलर श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरे ।

सो अवसरमा जेलर पोखरेलले राहत रकम लिँदै उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने बताए । हाल कारागारभित्र एक हजार २८६ कैदीबन्दी रहेका छन् । कारागारभित्र रहेका कैदीबन्दीमध्ये आर्थिकरुपमा अतिविपन्न २२ कैदीबन्दीले रकम उपलब्ध गराउन नसकेको कारागार प्रशासनले जनाएको छ । सो अवसरमा कैदीबन्दीका तर्फबाट पुरुष नाइके विनोद साह सोनार, महिला नाइके जमुना कुँवरलगायतले स्वेच्छाले कैदीबन्दीले उक्त रकम दिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस