सुमी फर्मास्युटिकलद्धारा १० हजार लिटर स्यानिटाईजर हस्तान्तरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुमी फर्मास्युटिकलद्धारा १० हजार लिटर स्यानिटाईजर हस्तान्तरण


२८ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १० हजार लिटर स्यानिटाईजर हस्तान्तरण गरेको छ ।

शुक्रवार मन्त्रालयमा सुमीका प्रोप्राइटर तथा सांसद कर्मा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मन्त्री ढकालले सेनिटाइजर सङ्घीय सरकार मातहतका अस्पतालमा तीन हजार लिटर वितरण गरिने र सातै प्रदेशमा एक हजार लिटरका दरले वितरण गरिने जानकारी दिए। उनले सेनिटाइजर अभाव भइरहेको वेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेकोमा सुमीलाई धन्यवाद दिएका छन् ।

कम्पनीका प्रोपाइटारसमेत रहेका सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलब्ध गराएको बताए । औषधी व्यवस्था विभागबाट उत्पादन सुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन सुरु गरेका हो ।

सेनिटाइजर करिब एक करोड रुपियाँ बराबरको रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस