अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म त्रिभुवन विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म त्रिभुवन विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित


२८ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

बिहीबार भएको समितिको बैठकले कोरोना भाइरस(कोभिड-१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय(पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य सचिव तथा पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

त्रिविले कोभिड-१९ को कारणले यसअघि चैतमा हुने परीक्षा स्थगित गरेको थियो। वैशाख र जेठमा सञ्चालन गरिने परीक्षामा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे क्रमशः वीएस्सी, बिबिएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा तथा पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सीलिङ साइकोलोजी, स्कूल साइकोलोजी र पोष्ट ग्राजुएट इनउमन स्टडिजका पूरा तथा आंशिक परीक्षा रहेका थिए। रासस

Tags :
प्रतिक्रिया दिनुहोस