१८०० रुपैयाँ किलो मासु बेच्ने आइकालुलाई २ लाख जरिवाना ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१८०० रुपैयाँ किलो मासु बेच्ने आइकालुलाई २ लाख जरिवाना !


प्रशासन विशेष ब्युरो

२८ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । एक हजार आठ सय रुपैयामा किलो खसिको मासु बिक्रि गर्ने शंखमुलस्थित आइकालु मिट सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले गरेको अनुगमनका क्रममा एक हजार आठ सय रुपैयाँका दरले ९ सय रुपैयाँमा आधा केजी मासु विक्रि गरेको भेटिएपछि ठाउँका ठाउँ कारवाही गरेको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को १६(२)(क) ३८(ङ) को कसुरमा ३९(ख) बमोजिम रु २ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस