स्वास्थ्य सामाग्री हस्तान्तरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सामाग्री हस्तान्तरण


२८ चैत्र २०७६, शुक्रबार


डोटी । बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडी स्वास्थ्यचौकीलाई वडा कार्यालयले आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन स्वास्थ्यकर्मि र संक्रमितहरुलाई व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष वीरेन्द्र बहादुर कोटकेनीले बताए ।

अध्यक्ष कोटकेनीका अनुसार स्वास्थ्य संस्थालाई आवश्यक पर्ने पीपीइ सेट, मास्क, सेनिटाईजर, डिटोल साबुन र क्वारेन्टिनका लागि आवश्यक ओढ्ने ओछ्याउने सामाग्री, भाँडाकुँडा सहयोग गरिएको छ ।

स्वास्थ्य संस्थालाई उपलब्ध गराएका स्वास्थ्य सामग्री हरू आवश्यकता अनुसार सबै ठाउँहरूमा प्रयोग गरिने मान्नाकापडी स्वास्थ्य चौकीका निमित्त इन्चार्ज सन्तु चौधरीले बताए ।

आजै वडा बिपत व्यवस्थापन समितिको बैठक बसी एक टोलबाट अर्को जान नपाउने, लगडाउन पूर्ण पालना गर्नु पर्ने, स्वास्थ्यकर्मीहरूले सुरक्षित तरिकाले जनचेतनामूलक कार्यक्रमलाई जोड दिने लगायतका विविध निर्णहरु गरेको समेत वडा अध्यक्ष कोटनेनीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस